काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् ।
उनलाई बिहीबार काठमाडौंबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसअघि पक्राउ परेका सागर राईले बयानका क्रममा रिजालले ७ लाख रुपैयाँ लिएको भनेका थिए । सोही बयानका आधारमा रिजाललाई पक्राउ गरिएको हो ।
यस प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । साथै, बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-