पाेखरा । सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले नतिजा देखिने गरि काम गर्न निर्देशन दिएकी छन् ।
स्वास्थ मन्त्रालयका सचिव सहित ११ जिल्ला स्वास्थ कार्यालय प्रमुखले स्वागत कार्यक्रमलाई सम्बाेधन गर्दै सिंखडाले आफुले काम गर्नकाे लागि जिम्मेवारी लिएको जानकारी दिईन ।
अहिले चलिरहेको कार्यक्रम याेजनालाई पुर्णता दिने कामलाई पहिलो प्रथामीकतामा राखेर काम गर्ने बताईन ।
विभित्र कार्यालयमा जनशक्तिकाे अभाव रहेको भन्दै उक्त समस्या समाधान गर्न याेजना ल्याउने सुनाईन ।

मनाङ, मुस्ताङ र गाेरखाका माथिल्लो भेगको समस्या छुट्टै रहेको बताईन ।
सामाजिक बिकास तथा स्वास्थ मन्त्रालय सचिव बिनाेद बिन्दु शर्मा ४० वर्ष अघिकाे दरवन्दिले काम गर्नु परेको गुनासो सुनाए ।
सुचनाकाे राम्रो नेटवर्क बनाउने, स्वास्थ प्रणाली तथा सेवाकाे डिजिटाईजेसन गर्ने, उच्च भेकिए राेग ब्यबस्थापन प्रशिक्षण केन्द्र बनाउने, फिजियाेथेरापी र पुनस्थापना केन्द्र, स्मार्ट स्वास्थ कार्ड, आयुर्वेद आैषधी उत्पादन केन्द्र स्थापना लगायतका ३१ याेजना सुनाए ।
लमजुङ डाक्टर रमेश प्रसाद आर्चायले जिल्ला अस्पतालमा कर्मचारी व्यवस्थापन चुनैती रहेको बताए ।
मध्यबिन्दु डाक्टर जितेन्द्र कडेलले भवन कम्जोर आफ्नो नाममा जग्गा नभएर समस्या जग्गा प्राप्तिलागि लाग्नुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-