पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ वसपार्कमा स्थापना भएको कृष्णटोल आमा समुहको आठौं साधारण सभा तगा तेश्रो अधिवेशनले पुनः रुपा केसीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समुहको उपाध्यक्षमा सविना विक, सचिवमा सिता तामाङ, कोषाध्यक्षमा माया दर्जी, सहसचिवमा सुनिता राना र सदस्यहरुमा कमला तिवारी, माया भुजेल परियार, शर्मिला राना मगर, सरस्वती राना मगर, शर्मिला थापा गुरुङ, शारदा सुनार, मिठु परियार, कोपिला परियार, चन्द्रकला कामी र सावित्रि विक चयन भएका छन ।
सभाको प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले कार्यक्रमको उद्घाटन गर्दै वडामा विभिन्न कार्यक्रमहरु गर्दै आएको वताउँदै कुनै कार्यक्रम गर्नुपरेमा वा समस्या भएमा आफुलाई सिधै सम्पर्क गर्न आग्रह गरेका थिए ।
सो अवसरमा पोखरा महानगरपालिका कार्यपालिका सदस्य गोपी तुलाचन, न्यायिक समिति सदस्य तथा वडा सदस्य भावना श्रेष्ठ, राष्ट्रिय भूमिअधिकार मञ्च कास्कीको प्रेम गुरुङ, शान्तिघाट आमा समुहकी अध्यक्ष सरस्वती श्रेष्ठ (सरु), कृष्ण टोलविकास संस्थाका अध्यक्ष कान्छा लामा थिंङ, कृष्ण टोलविकास संस्थाका सल्लाहकार राजु परियार, ध्रुब श्रेठ लगाएतले वोलेका थिए ।
सभाले अध्यक्ष रुपा केसीको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष माया दर्जीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रममा समुहमा आवद्ध तथा समुहको क्षेत्रभित्र २०७७ देखि २०७९ सम्म कक्षा १२ उत्र्तिण छोराछोरीहरु, समुहका गतिविधिहरुमा आर्थिक सहयोग गर्ने, कार्यक्रमहरुमा सक्रियता पुर्वक सहभागी हुने व्यक्तिहरुलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
अध्यक्ष रुपा केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव सुनिता राना स्वागत र संचालन सचिव सीता तामाङले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-