तनहुँ । जबरजस्ती करणी, शरीर बन्धक, अपराधिक विश्वासघात (ठगी) सम्बन्धि कसूरका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौती नगरपालिका-११ बस्ने ४१ वर्षीय सुमन नेपाली बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासी(पश्चिम)को समन्वयमा उनलाई नवलपरासी (पुश्चिम) गैडाकोट नगरपालिका-१ मौलाकालीका फेदीबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत तनहुँबाट १० दिन म्याद थप अनुमति लिई ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-