पाेखरा । नेपाल विधार्थी संघका नेता राजेन्द्र चटौतले प्रेस विज्ञप्ति जारी अख्तियार प्रमुख प्रेम कुमार राईलाई अनुसंधानमा ल्याउन माग गरेका छन् ।
गर्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा अनुसन्धानका क्रममा आएका तथ्य मध्येनजर गर्दै अख्तियार प्रमुख विरुद्द महाअभियोग ल्याउनुपर्ने माग गरेका छन् ।
८१ जना विरुद्ध किटानी जाहेरी परेको उक्त प्रकरण अहिले चर्चाको विषय बनेको छ ।
हालै देशको सुरक्षा, सार्वभौमिकता र प्रतिष्ठालाई क्षतिहुने गरी बाहिर आएको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीको अनुसन्धान, अभियुक्तहरुको वयान र अदालतको आदेशका कारण केही ठुला अहोदामा रहेका व्यक्ति पक्राउ परेका छन् र केहीलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी समेत जारी गरिसकेको छ। पक्राउ पुर्जी जारी गरिएका केही व्यक्ति राजनैतिक संरक्षणको आडमा सार्वजनिक रुपले कार्यक्रमहरुमा अतिथ्यता ग्रहण गरेको खबरहरुले ग्रह मन्त्रालय र प्रहरी प्रशासनको असक्षमता प्रकट गरेको छ । साथै, तत्कालिन गृहमन्त्री राम बहादुर थापा “बादल”का सुरक्षा सल्लाहकार र यस प्रकरणका अभियुक्त इन्द्रजित राईको वयानले तत्कालिन गृह सचिव एवम् हालका अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई समेत प्रकरणमा संलग्न भई दोषी रहेको कुरा बाहिर आएको उनले जनाएका छन् ।
संवैधानिक अंगको प्रमुख माथि यस्तो जघन्य आरोप लागिरहँदा सत्ता मोहले वाधिएका राईले न त राजिनामा गरेर निष्पक्ष अनुसन्धान गर्ने सहयोग गरेका छन् न त अनुसन्धानको प्रक्रियामा सामेल भएका छन्।
राजनैतिक संरक्षणको निम्ति भौतारिरहेका अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई सम्मानित सदनमा रहेका दलहरु र सम्पूर्ण संसद सदस्य माननीय ज्यूहरुलाई तत्काल जनताको अभिमतको कदर गर्दै महाअभियोग प्रस्ताव ल्याउन र पारित गर्न समेत आव्हान सहित जोडदार माग गरेका छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-