प्रहरीले टोपबहादुर रायमाझीलाई पक्राउ गरेको छ । उनलाई भैरहवाबाट पक्राउ गरी काठमाडौं पुर्याईदै छ । ठगीको आरोपमा पक्राउ पूर्जी जारी भएपछि उनी फरार थिए ।
बुधबार नै पक्राउको तयारी गरिए पनि उनी रातभर फोन अफ गरेर लुकेका थिए । अन्तत: प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।
उनका छोरालाई हिजो नै पक्राउ गरी प्रहरीले काठमाडौँ ल्याईसकेको छ ।
बुधबार नै विमानमार्फत काठमाडौँ आउने तयारी भए पनि आफुलाई पक्राउ गर्न लागेको खबरपछि उनी टिकट रद्ध गरेर भागेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-