पाेखरा । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको पश्चिम क्षेत्रमा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा तुलसी मार्ग ११ मा अपाङ्ग मैत्री सार्वजनिक शाैचालय निर्माणको पोखरा महानगरपालिका वडा ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्यले शिलान्यास गरे ।
महानगरको योजनाअनुरुप एक वडा एक सार्वजनिक शाैचालय निर्माण गर्ने अवधारणालाइ परिपूर्ति गर्न त्यस क्षेत्रमा सार्वजनिक सौचालय निर्माण गरिएको छ। जेष्ठ नागरिक र अशक्त व्यक्तिहरुलाइ नि:शुल्क सौचालय प्रयोग गर्न दिइनेछ ।
अस्पतालबाट आउने विरामी शव बोकि आउने मलामी साथै गिता मन्दिर दर्शन गर्न आउने भक्तजनहरु लाइ लक्षित गरी सो सार्वजनिक सौचालय त्यस स्थानमा निर्माण गरिएको हो ।
अतिरिक्त शुल्क तिरेर क्रियापुत्री एवं अन्य व्यक्तिहरुले स्नान गर्न मिल्ने व्यवस्था पनि गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-