पोखरा । जनता समाजवादी पार्टि नेपालको भातृ संगठन समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले श्रमिक दिवस मनाएको छ । कार्यक्रममा बोल्दै धनबहादुर तामाङले श्रमिकहरुले अझैपनी उचित सम्मान नपाएको बताए ।

उनले मजदुरको हकहितमा सधै साथ रहने प्रतिबद्वता व्यक्त गरे । महिला र पुरुषकोबिचको समान कार्यमा फरक पारिश्रमिक हुन नहुने महिला नेत्री श्याम माया राना पुनले बताइन ।
मजदुरलाई आर्थिक समृद्विमा र आर्थिक संवृद्दिका लागी नीति तथा योजना निर्माण गर्न आवश्यक रहेको धन प्रसाद तामाङले बताए । उनले मजदुरहरुलाई रोजगारी र पेन्सनको व्यवस्थागर्न पहल गर्ने तामाङले प्रतिबद्वता जनाए ।
राष्ट्रिय भूमि आयोग सदस्य सोमबहादुर नेपालीले भूमि तथा अव्यवस्थित बसोबास गर्दै दैनिक ज्याला मजदुरी गर्ने भूमिहिन तथा सुकुमबासि मजदुरको समस्या समाधान गर्ने बताए ।
गण्डकी प्रदेश उपाध्यक्ष तथा समाजवादी युवा संघ केन्द्रिय सचिव गण्डकी प्रदेश युवा इन्चार्ज जिवन खातीले मजदुरका वालवालिकाहरुलाई निःशुल्क रुपमा शिक्षा हुनपर्ने र मजदुरहरुलाई विभिन्न सङकटका बेला गास,बास,कपासको व्यवस्था सरकारले गर्न आवश्यक रहेको बताए ।
महासंघको प्रदेश अध्यक्ष भिम मगरातीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासंघका सचिव राम जुलुम शर्मा संचालन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-