पाेखरा । पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट स्कुटरमा राखेकाे ८० हजार रुपैयाँ चाेरेकाे आराेपमा पोखरा – ९ शान्तिवन बस्ने २३ वर्षीया बर्षा कामीलाई कास्की प्रहरीले पक्राउ गरेकाे छ ।

पाेखरा १८ सराङकोट बस्ने ४८ वर्षीय आत्मा बहादुर थापाको स्कुटरको डिक्कीमा राखेको नगद ८० हजार रूपैयाँ बर्षा कामीले चाेरेकाे आराेप ५ ।
स्कुटरको डिक्कीमा राखेको नगद अपरिचित महिलाले चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत सिआरभी पृथ्वीचोक कास्कीबाट खटिएको प्रहरीले चोरीमा संलग्न कामीलाई उक्त चोरी भएको रकम सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-