गुल्मी : नेपाल वायुसेवा निगमको विमानले आज रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ : ३९ मिनेटमा रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा अवतरण भएको हो।
निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो।
प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए।
वि।सं २०६३ सालदेखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि निर्माण सम्पन्न भएको हो। कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-