पाेखरा । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जिल्ला प्रशासन कार्यालयले सक्ने सहयोग गर्ने बताए । सामुदायिक सेवा केन्द्र एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीकाे नव वर्ष २०८० काे शुभकामना आदान प्रदान तथा सामुदायिक सन्देशकाे विमाेचन गर्दै हरेक घरमा महिला हिंसा दुरब्यासनि रहेको छ यी सबै हटाउन पर्ने बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बुद्विराज गुरुङले यस्ता संस्थालाई राज्यको अंगले सहयोग गर्नुपर्ने धारणा राखे । समाजमा थुप्रै विकृति विसंगति यस्लाई कम गर्न सामुदायिक प्रहरीकाे भुमिका रहेको बताए । महिला हिसाकाे ८० प्रतिशत घटना घरबाट नै भएको छ । सामुदायिक प्रहरीले चालेको हरेक कदममा सहयोग गर्ने बताए ।
सामुदायिक सेवा केन्द्र एव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका संस्थापक मंगल बहादुर नेपालीले जानप्रतिनिधी बिहिन हुँदा पुलको काम गरेको बताए । सामुदायिक प्रहरीमा बसेर निस्वार्थ भवनामा काम गरेको बताए । केही प्रहरी प्रमुखले सामुदायिकलाई नकारात्मक भवनाले हेरेको बताए ।
जिल्ला जनस्वास्थ कार्यालय प्रमुख बद्री आचार्यले सामुदायिक प्रहरीले समाजमा राम्राे भुमिका खेलेकाे बताए ।
जनप्रतिनिधि र सल्लाहकारकाे तर्फबाट १४ का अध्यक्ष बाेधराज कार्कीले सामुदायिक प्रहरीले समाजमा धेरै कामहरु गरेको छन् । प्रदेश सरकार तथा विभिन्न निकाय संग जाेडिएर काम गरेको छाैं । समाजकाे अपराधीक गतिविधि र विकृति हटाउने काम गरेको बताए ।
उपाध्यक्ष मनपति भण्डारीले ७ वटा केन्द्रले गरेको गतिविधि समेटिएको छ । यस्लाई जनता संग पुर्याउने राम्रो माध्यम भएको बताए । सामुदायिक प्रहरीले हरेक ४ महिनामा आफुले गरेकाे काम समेटेर बुलेटिन प्रकाशन हुने गर्छ ।
नयाँ वर्ष २०८० सालको पावन अवसरमा आदानप्रदान एंव सामुदायिक सन्देश बुलेटिन विमाेचन कार्यक्रमा जिल्ला प्रशाशन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी गंगा क्षेत्री र वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरिक्षक माधव केसीलाई स्वागत गरिएको छ । सामुदायिक प्रहरी कास्कीका अध्यक्ष भिम पराजुलीकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-