पाेखरा । पोखरा महानगरपालिका १९ पुरनचौर एक पुरुषकाे शव फेला परेकाे छ । पुरनचाैर बस्ने ७२ वर्षीय भिम प्रसाद बास्तोला सोही ठाउँस्थित धैरेनी डाँडा सामुदायिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाकाे विषयमा थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता प्रहरी निरिक्षक श्रवण कुमार विकले जानकारी दिए । मृतक केही समय अघि देखी परिवारकाे सम्पर्कमा नभएकाे विकले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-