नवलपरसी । मध्यबिन्दु नगरपालिका-१५ हर्वस्टारस्थित भित्री सडकमा सोही नगरपालिकाको बा.२ झ २३१२ नम्बरको जिपको ठक्करबाट सोही नगरपालिका-१५ बस्ने धनिराम माझीको छोरा ४ वर्षीय आदित्य माझीको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले जिप र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-