पोखरा । निर्वाचन आयोगका अनुसार आइतबार मध्याह्नसम्म तीन वटै क्षेत्रमा एकतिहाइ हाराहारीमा मतदान भएको छ। सबैभन्दा बढी बारा २ मा ३८ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
त्यस्तै चितवन २ मा ३५ प्रतिशत मतदान भएको छ। तनहुँ १ मा ३१ प्रतिशत मतदान भएको आयोगमा रिपोर्टिङ भएको छ।
बारा २ मा एक लाख पाँच हजार २४८ मतदाता छन्। त्यसमध्ये ४० हजार मत खसेको आयोगले जनाएको छ। चितवन २ मा एक लाख २४ हजार ६९५ मतदाता छन्। जसमध्ये ४४ हजार २१३ जनाले मत दिएका छन्।
यसैगरी तनहुँ १ मा एक लाख २३ हजार ३०५ मतदाता छन्। उनीहरूमध्ये ३८ हजार ७७० जनाले मतदान गरेका छन्। तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान जारी छ। मतदाताको उत्साहपूर्ण सहभागिता रहेको आयोगले जनाएको छ।






























प्रतिक्रिया लेख्नुहोस्:-