काठमाडौं । सर्लाही, लालबन्दी नगरपालिका ६ स्थित फुटवल ग्राउण्ड नजिक प्रदेश २-०३-००१ ख ८१५ नम्बरको ट्रकले ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष र अन्दाजी १५ वर्षीय किशोरको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका २० तरहरास्थित सडकमा प्रदेश १-०२-००१ ख ८५२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, सैनामैना नगरपालिका १ बनकट्टास्थित सडकमा लु १ क १३८५ नम्बरको रम्वादेवी कलेजको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका १ सुन्दरपथ बस्ने ७५ वर्षीय बाबुराम अर्यालको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-