पोखरा । पोखरा क्षेत्रमा काम गर्ने २ वटा कम्पनी सहित सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको कार्यालयले समयमा ठेक्का नसकेका उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ।
नेपाली सेना, पश्चिम पृतना हे.क्वाटर विजयपुर व्यारेमा आपुर्तिको काम नगरेको श्री कन्या कालिका स्टिल फर्निचर प्राली ललितपुर र पूर्वाधार विकास निर्देशनालय, शहरी विकास तथा भवन कार्यालय कास्की संग सम्झौता गरेको तर काम नगरेको रेडलाइन कन्स्ट्रक्सन काम्पनी प्रा ली जनकपुरलाई १ वर्षको लागि कालो सुचिमा राख्ने निर्णय भएको छ ।
एसएस कन्ट्रक्सन, धुलिखेल युनिकर्ण जेभी र फेव नेपाल प्रालि लगायतलाई ३ वर्ष देखि १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। सार्वजनिक खदिर कार्यालयले एस एस कन्ट्रक्सनलाई ३ वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ।
पाँचथरको हिलिहाङ गाउँपालिकाको कार्यालयले गरेको सिफारिसका आधारमा शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एसएएस कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको हो।
यसैगरी शंकरमाली निर्माण सेवा प्रालि, नागार्जुन कन्स्ट्रक्सन प्रालि, वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई १ वर्ष ३ महिना कालोसूचीमा राखिएको छ। अन्य कम्पनीहरु भने १ वर्षका लागि कालोसूचीमा परेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-