पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ द्धारेखरबारी स्थित श्री भगवतीटार आमा समुहको आयोजनामा नव वर्ष २०८० को उपलक्ष्यमा मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि तोरण वानियाले कार्यक्रमको उद्घाटन गर्दै आमा समुहले वडाको विकासमा उल्लेखनिय सहयोग गरेका स्मरण गर्दै आगामि दिनहरुमा पनि निरन्तर वडालाई सहयोग गर्न आग्रह गरेका थिए ।
त्यस्तै आमा समुहकी अध्यक्ष शशी गुरुङले वडा कार्यालय, संस्थाका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको सहयोगले नै आमा समुह सामाजिक कार्यमा सक्रिय हुन सकेको वताएकी थिईन् ।
सो अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र प्रहरी निरिक्षक दिपक थापा, निवर्तमान अध्यक्ष प्रकाश पौडेल, शिद्ध माविका प्रअ गुरुदत्त कोइराला, सामुदायिक सेवा केन्द्र कास्की जिल्ला सचिव उत्तम जोशी, नेपाल वुद्धिजिवि परिषद्का केन्द्रिय सदस्य गणेश पाख्रिन, युनिप्स नेपालका केन्द्रिय अध्यक्ष सन्त बहादुर गुरुङ, न्यायिक समिति सदस्य पार्वती कार्की, राष्ट्रिय भुमिअधिकार मञ्च कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङ, राष्ट्रिय भुमिअधिकार तथा श्रमिक संगठन कास्कीका अध्यक्ष टेक बहादुर पुन, मुक्ति समाजका केन्द्रिय सदस्य किसन सेवा परियार, कालिका माविका शिक्षक लेखमाया पुन र गलेश्वर टोलविकास संस्थाका उपाध्यक्ष विष्णु गिरीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
आमा समुहकी अध्यक्ष शशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कान्ती गुरुङ र संचालन कुमारी गुरुङले गरेकी थिइन ।
प्रतिक्रिया लेख्नुहोस्:-