पोखरा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले आफुले मन्त्रालय सम्हालेका सय दिनको उपल्बधी सुनाउदै प्रदेश सरकारले खर्च बढाउने काम भएको सुनाए ।
उनले हरेक काम गर्न संघिय सरकार संग अनुमती माग्नुपर्ने अवस्था रहेको समयमा प्रदेश सरकारको खासै औचित्य नभएको बताए । ‘जुनसुकै पार्टीबाट सरकारमा आएर काम गरेकालाई सोध्नु, ‘गुरुङले भने,‘उहाँहरुले इमान्दार भएर बोल्दा प्रदेश सरकारले खर्च बढाएको नै भन्नुहुन्छ ।’
शिक्षामा १०, सामाजिक विकास ११, युवा तथा खेलकुद ११, प्रशासन योजना ४, गण्डकी प्रविधिक शिक्षा व्यवसायीक तालिम ५, गण्डकी प्रदेश विज्ञान प्रविधी प्रतिष्ठान ७, स्वास्थ्य १५, गण्डकी प्रज्ञा प्रतिष्ठान १७ योजनामा काम गरेको उनले सुनाए ।
गुरुङले मन्त्रालय पाए पनि आवासको सुविधा नलिएको, व्यक्तिगत कामको लागि सरकारी सवारी प्रयोग नगरेको, पार्टीगत रुपमा नहेरी जनताको समस्या हेरेर काम र योजना अघि बढाएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-