पोखरा । गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीमा १४ जना प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी क्रन्तीकारी सचिवालयको थाइ कमिती सदस्य रहेका प्रकाश हमाल र केन्द्रिय सैन्य विभाग प्रमुख लगायत अन्य केन्द्रिय सदस्य हिमाल वि.क, उमेश धिताल, ईश्वर श्रेष्ठ सेना प्रमुख , लयताका रमेश बराल, देवान राइ, साजन चौधारी, विनय भट्टराई, पवन अधिकारी, केशव थापा, जुलन तामाङ, उत्सव लामा, कृष्ण गुरुङ र भरत मगर लगायतका केन्द्रिय सदस्य पार्टी धुर्विकृत भएका छन् ।

उनीहरु यस अघि कम्युनिष्ट पार्टी क्रान्तिकारी पाटीमा रहेका थिए । उनीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कम्युनिष्ट पार्टी क्रान्तिकारी पाटीमा अवसरवादी हाबी भएको कारण आफुहरु बाहिरीएको बताएका छन् । प्रकाश हमालले नेपाल कम्युनिष्ट पार्टी माओवादीमा सत्ता प्रमुखको जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-