पोखरा । पोखरा महानगरपालिका ९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका २९ तालचोक बस्ने ३२ वर्षीया राममाया कुमाल र भारत घर भएका ३२ वर्षीय अनारुल इश्लाम रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-