काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गरेको भन्ने आरोप तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् ।
आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।
सोही घटनाको बिषयमा थप सत्यतथ्य छानबिन गरी विभागीय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-