पोखरा । भकुण्डे युवा मञ्चको आयोजनामा पोखरा १८ भकुण्डेमा प्रथम सेभेन ए साइड भकुण्डे कप शुक्रबार देखी सुरु भएको छ । प्रतियोगिताको उद्दघाटन गर्दै गण्डकी प्रदेश सरकारका पुर्व अर्थमन्त्री रामजी बरालले राज्यलाइ चिनाउनको लागि खेल क्षेत्रको बिकास हुनुपर्ने बताए । पोखरा महानगरपालिका १८ का वडाध्यक्ष शिव प्रसाद तिमिल्सिना, समाजसेवी सुर्य बहादुर खड्का, समाजसेवी राजेन्द्र अधिकारी, शान्त मावी प्रधानध्यापक शंकरराज अधिकारी, भकुण्डे टोल विकास संस्थाका अध्यक्ष सुर्य बहादुर थापा लगातले कार्यक्रममा भनाइ राखेका थिए ।

भकुण्डे युवा मञ्च का उपाध्यक्ष प्रकाश नेपालीले स्वागत मनत्व्य दिएका थिए । संस्थाका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।
२५ टिम सहभागी भएको उक्त प्रतियोगितामा प्रथम हुनेले ४४ हजार ४ सय ४४, द्धितीय हुनेले २२ हजार २ सय २२ र तृतीय हुनेले ११ हजार १ सय ११ जित्नेछन् । प्रतियोगिता ३ गतेेसम्म चल्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-