काठमाडौं । बैतडी, पाटन नगरपालिका ८ झ्याउलेकस्थित सडकमा खोड्पेबाट बझाङतर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जिपमा सवार बझाङ केदारस्युं गाउँपालिका ५ बाँज बस्ने ६० वर्षीय मने बोहरा समेत ६ जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार जिपका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका ३ गढी गेटस्थित सडकमा बीआर ०६ डीडी ०६८७ नम्बरको कार अनियन्त्रित भई गएराति दुर्घटना हुँदा कारमा सवार भारत भगबतीस्थान मण्डीपुरसाडी समस्तिपुर बस्ने ३३ वर्षीय राजेश कुमार सिंहसहित ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य एकजनालाई जिल्ला अस्पताल सिन्धुली हुँदै थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
सिरहा, मिर्चैया नगरपालिका ५ बताहा खोलास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको अगाडिको ईन्जिनको भाग माथि उठ्न गई ईन्जिन र टेलरको बीच भागमा च्यापिएर चालक सोही नगरपालिका(३ राधोपुर बस्ने २६ वर्षीय अनिल उराउको मंगलबार दिउँसो मृत्यु भएको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका ४ पानीधारास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका पुरुषको गएराति घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले थप अनुसन्धनका लागि तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-