काठमाडौं । तनहुँ, ब्यास नगरपालिका ४ सिमलटार बस्ने ४१ वर्षीय हमान सिंह थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा सहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय २६ रूपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका ४ स्थित अमृता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १ बस्ने २४ वर्षीय बिष्णु सापकोटा समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ३ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-