पोखरा । हितैषी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सहकारी शिक्षा आफ्ना सदस्यलाई सहाकरी शिक्षा कार्यक्रम दिएको छ । पोखरा १६ मा रहेको सहकारीले सदस्यलाइ चेतना फैलाउने उद्देश्यको साथ सदस्य शिक्षा कार्यक्रम गरेको हो ।

सहकारीका अध्यक्ष शेरबहादुर कार्कीले बित्तीय साक्षरता, बचत, पारिवारिक बचत र उद्यमशिलता सम्बन्धी सहजीकरण गरेका थिए । परिवारमा थोरै थोरै गरेर कमाएको रकम सहकारीमा बचत कसरी गर्ने, बचत गरेको रकमले खर्च टार्न सकिने बिषयमा कार्कीले तालिम दिनुभएको थियो ।
सहकारीका आर्थिक अवस्थाको विश्लेषण र सेवा सुविधाका बारेमा संस्थाका व्यवस्थापक शान्ति अधिकारीले सहजीकरण गरेकी थिइन । अधिकारीले संस्थाको वर्तमान अवस्था, हितैसिले शेयर सदस्यहरुलाई दिन सक्ने सेवा सुविधाका विषयमा प्रष्ट पारिन । हाल हितैसी बचत तथा ऋण सहकारी सस्थामा १ हजार ९ सय ५४ जना सेयर सदस्य रहेका छन् । उक्त कार्यक्रममा ५० जना सेयर सदस्यको उपस्थित थिए ।
कार्यक्रममा सस्थाका उपाध्यक्ष धनराज आचार्यले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रम संचालक सस्थाको सचिब मदन आचार्यले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-