काठमाडौं । सर्लाहीमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बरहथवा नगरपालिका(१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बलरा नगरपालिका(५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद राय रहेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा रायको साथबाट नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक राम प्रसादको साथबाट उक्त नोट, २४ थान कागजको बन्डल, २ रिम प्रिन्टर पेपर, र एउटा पत्रिका बन्डल बरामद गरिएको छ ।
साथै उक्त स्थानबाट बिआर ३० ए ५९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-