पोखरा । मुआथाई संघ गण्डकी प्रदेशमा दिपकबहादुर गोदार अध्यक्ष चयन भएका छन् ।
महासचिवमा खगेन्द्र क्षेत्री, सचिवमा आकृति भण्डारी९बाग्लुङ०, कोषाध्यक्षमा विजय गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा ईश्वर श्रेष्ठ, शुशिल सुनार, सुजन लामिछाने, महेन्द्र थापा, सुनिल थापा, जितु शाही, विकास गुरुङ, र कृष्ण कार्की रहेका छन् । संघको उपाध्यक्षमा दुई जना मनोनयन गरिने छ ।
नवगठित समितिलाइ बधाइ दिदै गण्डकी प्रदेश सदस्य प्रकाश बरालले खेलकुदमा म भन्नेबाट हामी भन्ने परिवर्तन हुदैंन तबसम्म खेलकुदको विकास सम्भव नहुने ठोकुवा गरे । ‘म अटाएर होईन, हामी खेलकुदमा अटाउनुपर्छ भन्ने सोच हुन्ुपर्छ ।’ उनको भनाई थियो । प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, मुआथाईका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठ, पूर्व अन्तराष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई लगायतले खेलकुदको विकासमा युवाहरु नै जुट्नुपर्नमा जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष दिपक बहादुर गोदारले अतष्ट्रि«य प्रतियोगितामा पदक जित्ने खेलाडी उत्पादनमा जोड दिने बाचा गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-