कास्की । पोखरा महानगरपालिका ३३ सुसाने पहरास्थित सडकमा ना ६ त ८१८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने १९ वर्षीय अनिल पुनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-