मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याकमा ४ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा द्घारा महिलाहरुको सशक्तिकरण लागि तालिमको आयोजना गरिएको शाखा प्रमुख ललिता पौडेलले बताईन ।
कार्यक्रमको समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले महिलाहरुलाई अगाडी बढाउन यो तालिम निकै प्रभावकारी भएको बताए । उनले भने तालिम पछाडी महिलाहरुमा आत्मविश्वासको उल्लेख्य वृद्घि भएको छ र यसले महिलाहरुलाई सामाजिक मुलधारमा ल्याउन निकै सहयोग पुग्छ ।
प्रमुख प्रशासकीय अधिकृत जीत वहादुर रानाले मुस्ताङका महिलाहरुले घरको चुल्हो चौका छाडेर तालिममा सहभागी भई निर्धक्क भएर बोलेको देख्दा खुशी लागेको बताए ।
सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेको तालिममा वडा नं ५ अन्तर्गत फल्याक र ढाकरझोङका ३० जना महिलाहरु सहभागी भएका थिए । गाउँपालिकाकी उपाध्यक्ष दिकी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तालिममा सहभागी प्रशिक्षाथीहरुले गरेका थिए भने वडा नं ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले सवैलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-