तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा आइतबार मृत भेटिएकी महिलाको हत्या पक्राउ परेको छ । काभ्रे जिल्ला घर भइ हाल कास्की बस्ने प्रकाश सुनारले हत्या पछी शवलाई पानी टंकीमा फालिएको प्रहरीले जानकारी दिएको छ ।
पोखरा ३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठ र सुनारको बिच आर्थिक व्यवहार नमिलेको कारण हत्या भएको हो । श्रेष्ठले सुनारलाई १० हजार रपैयाँ दिनुपर्ने थियो । त्यही पैसा नदिएको कारण हत्या भएको हो । सुनारले गाडी चलाउने र श्रष्ठेले पोखरा अंमरसिंह चोकमा फलफुल बेच्ने काम गर्थिन । उनीहरु बिच पहिला देखी नै चिनजान भएको सुनारले प्रहरीलाई बयान दिएका छन् ।
गत फागनु २३ गतेदेखि हराएकी श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गर्नको लागि चैत ६ गते निवेदन परेको थियो । केही दिन अघि मात्र शवको पहिचान भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-