पोखरा । अहिले कास्की माछापुच्छे« गाउँपालिका वडा १ को खुमेडाँडा निकै चर्चामा छ । सामाजिक सञ्जालबाट भाइरल बनेको खुमै डाँडा नजिकको टे«किङ स्थल हो ।

पोखरादेखी नजिकैको दुरीमा रहेको खुमे पुग्नका लागि एक रात दुई विहानको समय भए पुग्छ । खुमै यतिबेला आन्तरिक पर्यटकले भरिभराउ छन् । अकिकांश खुमै पुगेर मात्रे फर्कने गरेका छन् ।
तर खुमै देखी २ घण्टाको दुरीमा रहेको कोर्चासम्म कमै मात्रै पुग्ने गरेका छन् । खुमैडाँडा भन्दापनि मनोरम दृष्यसंगै माछापुच्छे«लाई घरकै भित्ताजस्तै गरी हिउँ खेल्दै अवलोकन गर्न सकिन्छ । खुमै जाने जोकोहि पनि एक पटक कोर्चा पुगे स्वर्गको अनुभुति गर्न पाउनेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-