तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा आइतबार मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । सो शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।
मृतक शन्तिको छोरा गणेश श्रेष्ठले शव बुझेको उहाँले जानकारी दिनुभयो । गत फागनु २३ गतेदेखि हराउनु भएकी श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गर्नको लागि चैत ६ गते निवेदन दिएको शर्माले बताउनुभयो । ‘‘शव फेला परेपछि हराएको सूचना दिने परिवारलाई बोलायौँ, मृतकको पहिचान खुल्यो छोराले शव बुझ्नु भयो’’ प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-