पाेखरा । नेपाली जनतको मुत्ती युद्ध महान जनयुद्धका महान सहिद शेखरनाथ सापकोटा क. चन्द्रबिरको १९औ स्मृति सभा पोखरा स्थित नेपाल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा सु-सम्पन्न भएको छ।
२०२६ सालमा कास्कीको साबिक थुमाकोडाडा गा.बि.स वडा न ७ हाल मादी गा.पा वडा न ४ सिदुरेचौरमा पिता टिकाराम सापकोटा र माता द्रौपती सापकोटाको कोखबाट कान्छा सुपुत्रको रुपमा जन्मनुभएका सहिद सापकोटा बाल्यकालबाटनै निडर,बिद्रोही र चेतनशील स्वभावका हुनुहुन्थ्यो।उहाले समाजमा भएका अन्याय अत्याचार,विभेद र जनबिरोधी ब्यवस्थाको बिरुद्धमा जनताको मुत्तिको पक्षमा निरन्तर संघर्ष गर्नुभएको थियो।मिलनसार र सरल ब्यत्तित्व र स्वभावका सहिद सापकोटा जनतामा सजिलै भिज्न सक्ने र स्थापित हुन सक्ने क्षमताका हुनुहुन्थ्यो। जनताको पक्षमा काम र संघर्ष गर्दा समाजाका सामन्तको आखी बन्नुभएका सहिद सापकोटा जनताका आसा भरोसाका केन्द्र हुनुहुन्थ्यो।जनताको पक्षमामा संघर्ष गर्दा उहाले निकै कष्टकर जीवन भोग्नुभयो।
बि.सं २०३९ सालमा १३ बर्षको कालिलो उमेरबाट सामन्तको विरुद्धमा राजनीतिमा क्रियाशिल सहिद सापकोटा तत्कालीन नेपाल कम्युनिस्ट माले निकट अखिल ५औ को जिल्ला सदस्य हुँदै तत्कालीन नेपाल कम्युनिस्ट माले नेपाल कम्युनिस्ट एमालेको विभिन्न तहमा रहि जिम्मेवारी पूरा गर्नुभयो।उहाले बिं.सं२०५३ साल जेठबाट नेपाल कम्युनिस्ट पार्टी माओवादीको पुर्णकालिन सदस्य भइ भुमिगत जीवन बिताउनुभयो।सहिद सापकोटा नेपाल कम्युनिस्ट पार्टि माओवादीको जिल्ला सचिवालय सदस्य तथा ईलाका ईन्चार्ज हुँदै विभिन्न मोर्चा सम्हाल्नुभयो।तल्कालिन शाही सेनाले आतंककारी घोषणा गरि उहाको नाम रातो सुचिमा राखी हत्या गर्ने निकै प्रयास गर्यो।परिवारलाई मानशिक र शारीरिक यातना दिने,तारिख बोलाउने,घरमा भएका अन्न र सामान निकालेर आगो लगाईदिने जस्ता शाही सेनाका अमानवीय हर्कतबाट सहिद सापकोटा कत्तिपनी बिचलित हुनुभएन।शाही सेनाका सयौ घेराबन्दी,एम्बुस र बमगोला तोड्दै र छल्दै उहाँ जनवादी बिचार,कार्यदिशा र कार्यनीति बोक्दै पार्टीको नेतृत्वमा रहेर माओवादी पार्टी निर्माणमा निरन्तर अहोरात्र लाग्नुभयो।
बिडम्बना २०६० साल चैत्र ०९ गते सहिद शेखरनाथ सापकोटा क.चद्रबिर शाही नेपाली सेनाको घेराबन्दिमा पर्नुभयो र घेराबन्दी तोड्ने प्रयास गर्दागर्दै सहिदी मृत्युवरण गर्नुभयो।
सहिद सापकोटाको भौतिक शरीर हामी बिच नभएपनी उहाका बिचार,मार्गदर्शन हामी बिच सधै रहिरहनेछन।साथै जनप्रेमी र कुशल नेतृत्वको रुपमा उहाँ जनताको मनमनमा सधै जिवन्त रहिरहनुहुने छ। सहिद शेखरनाथ सापकोटालाई नेपाल सरकारले बि.सं २०७९ साल फाल्गुन २९ गते राष्ट्रीय सहिद घोषणा गरेको छ। उहाँ नेपाली ईतिहासको पानामा रत्तिम अक्षरले सधै जिवन्त रहिरहनुहुने छ।
प्रतिक्रिया लेख्नुहोस्:-