अन्नपूर्ण संरक्षण क्षेत्र ( एक्याप) र जनप्रतिनिधि बिच द्वन्द्व रहेको जनप्रतिनिधिहरुले बताएका छन ।
माछापुच्छ्रे गाउपालिका कास्कीको आयोजनामा एक्याप भित्र पर्ने १५ गाउपालीका बिचको भेलामा बोल्दै गाउपालिका अध्यक्षहरुले एक्यापले स्थानीय सरकारलाई हेपाहा प्रवित्ती देखाएको बताए ।
मनाङको चामे गाउपालीकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले एक्याप र जनप्रतिनिधि बिच द्वन्द भएको बताए । उनले संघियतामा गएपश्चात यो समस्या आएको सुनाए । उनले एक्यापका कारण नदिजन्य पदार्थ उत्खनन गर्न नपाउदा विपदको जोखिम समेत बढेको बताए । उनले राजस्व उठने प्रसस्त सम्भावना भएपनी एक्याप समस्याको जड भएको बताए ।
माछापुच्छ्रे गाउपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले पनि एक्यापले निकै समस्या आएको बताए । उनले एक्यापको कारण पालिलाको राजस्व घटेको समेत सुनाए ।
म्याग्दीको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष भारत कुमार पुनले ए क्याप स्थानीय सरकार भन्दा माथी रहेर काम गर्दा समस्या आएको सुनाए । थासाङ गाउपालिकाका अध्यक्ष प्रदिप गौचनले समेत एक्यापका कारण नदिजन्य पदार्थ उत्खनन गर्न नपाउदा बस्ती विपदको जोखिममा परेको बताए ।
घरपझोङ गाउपालिकाका अध्यक्ष मोहन सिंह लालचनले पनि उहीँ कुरा दोहोर्याए । नासो गाउपालिकाका उपाध्यक्ष बेदबहादुर गुरुङले पनि सोही कुरा दोहोर्याए ।
प्रतिक्रिया लेख्नुहोस्:-