पाेखरा । घरपझोङ गाउपालिकाका अध्यक्ष मोहनसिंह लालचनले राज्यले व्यवस्था गरेको पाठ्यक्रम विकासले हिमाली जिल्लालाई समस्या परेको बताएका छन ।

अन्तर पालिका स्तरिय समन्वयात्मक कार्यक्रममा बोल्दै लालचानले समस्या सुनाए ।
हाम्रो २ महिना छुट्टि हुन्छ, उनले भने, अहिलेसम्म पुस्तक पाएका छैनौ । पहाड तराइको झै बैशाखमा पढाई हुदैन हाम्रो पढाई सुरु भयो हामिले पुस्तक माग्दा समेत पाएनौ । यो हाम्रोलागी ठूलो चुनौती हो । याे समस्या समाधान गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-