पोखरा । पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसीलाइ कास्की प्रहरी सोधपुछको लागी नियन्त्रणमा लिएको छ ।
बिरामी हेरेर वा छोएपछि जुनसुकै रोग पनि निको पार्ने भन्दै सिमान्त गुरु पोखरा आएको र उनीबाट उपचार गर्ने कार्याक्रमको संयोजक थिए केसी ।
उक्त कार्याक्रमको अनुमती नलिइ, डाक्टरको लाइसेन्स लिए नलिएको सोधपुचको लागि नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सुचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।
पावर हाउस रिसोर्ट पोखरा १७ विरौटाबाट केसीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले उपचारको लािग प्रतिव्यक्ति १ हजार लिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-