२०८३ कार्तिक १३, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संरक्षित क्षेत्र घोषण र विस्तार खारेजीको माग गर्दै वन महासंघ आन्दोलित

गण्डकी प्रेस
पुस ६, २०७८ १९:०८ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
संरक्षित क्षेत्र घोषण र विस्तार खारेजीको माग गर्दै वन महासंघ आन्दोलित
21
SHARES
Share on FacebookShare on Twitter


पुस : सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दिपक थापालाई कार्यकक्षमा ज्ञापन पत्र बुझाउदै संघीय वन नियमावलीको मस्यौदाको नियम २३(३) मा सामुदायिक वनको ५० प्रतिशत काठ जिल्लावन पैदावार आपुर्ति समितिमा उपलव्ध गराउनु पर्ने व्यवस्था तत्काल खारेज गर्न माग गरिएको छ ।

गण्डकी प्रदेशको वन ऐन समुदायको अधिकार सुनिश्चित हुनेगरि सामदायिक वन उपभोक्ता महासंघ नेपालको सहमतिमा तत्काल निर्माण गरि कार्यान्वयनमा ल्याउनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रदेशमा असफल प्रमाणीत भएको चाक्ला वन र साझेदारी वनको अवधारणालाई निर्माण गरिने प्रदेश वन ऐन मस्यौदामा खारेज गरिनुपर्ने, सामुदायिक वनहरु र सरकारको संयुक्त लगानिमा आधारित गौरबको आयोजना वन उद्यम सञ्चालन गरि हरित रोजगारीका अवसर सिर्जना गरिनुपर्नेमा जोड दिइएको छ ।

अन्नपूर्ण संरक्षित आयोजना(एक्याप) लाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई समुदायमा आधारित व्यवस्थापन प्रणाली लागु गर्नुपर्नेमा जोड दिंदंै, राष्ट्रिय निकुञ्ज तथा बन्यतन्तु संरक्षण ऐन २०२९ तत्काल खारेज गरि सामुदायिक सहभागितामा नयाँ ऐन बनाएर लागु गर्न पेश गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारले बैज्ञानिक वन व्यवस्थापन प्रणालीलाई खारेज गरेमोमा धन्यवाद दिंदै सामुदायिक वन उपभोक्ता समुहको परम्परागत ज्ञान र सिपको प्रयोग गर्दै वनको सघन रुपमा व्यवस्थापन गर्ने खालको अधिकार मुखी दिगो वन व्यवस्थापन पद्धतिमा आधाति दिगो वन व्यवस्थापन मापदण्ड छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्नेमा महासंघको जोडदार माग रहेको छ ।

सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनाको अवधी सकिए पश्चात नियमित परिमार्जन गर्ने कार्यका लागि प्रदेश सरकार मातहत रहेका वन कार्यालयहरुबाट तत्काल प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउनका लागि प्रदेश मन्त्रालयबाट सम्बन्धित कार्यालयहरुलाई परिपत्र गरी सामुदायिक वनमा सहज वातावरण सृजना गर्नुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ । सो अवसरमा मन्त्री थापाले ज्ञापन पत्र ग्रहण गर्दै सरकार र सामुदायिक वन समुहको सहकार्यमा प्राकृति श्रोत साधनको भरपुर उपयोग गर्दै आयआर्जनसंग जोड्नेतर्पm लाग्नुको विकल्प नरहेको बताउनुभयो ।

प्रदेश वन ऐन तथा नियमावली निर्माण भई रहेको उल्लेख गर्दै तयार भएको मस्यौदालाई अन्तिमरुप दिंन वन महासंघ लगायत सरोकारवाल सवै पक्षसंग छलफल गरेर अन्तिमरुपमा दिइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । स्थानीय समुदायको प्राकृतिक श्रोत माथिको अधिकारको रक्षा गर्दै गरिव तथा विपन्न गएको जीवनस्तरमा सकारत्मक परिवर्तन ल्याउनका लागि पैरवी गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालमा २२ हजार भन्दा बढी वन समूह आवद्ध रहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
सामुदायिक वनको अधिकार कटौति गर्ने र मानव अधिकारको समेत उल्लंघन गर्नेगरी विभिन्न नामका संरक्षित क्षेत्रहरु घोषणा र विस्तार गर्ने, सामुदायिक वनमा अन्यायपूर्ण किसिमको कर लगाउने र वन पैदावारको नियमित उपयोगमा अवरोध सिर्जना गर्ने जस्ता कृयाकलाप बन्द गर्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो, मागको सम्वोधन नभएमा महासंघ विरोध सभा, धर्ना लगायत दोश्रो चारणको आन्दोलन गर्न बाध्य हुने छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सचिव ठाकुर भण्डारीका अनुसार अधिकारको सुनिश्चितताको माग गर्दै मुलुकका सात वटै प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय र जिल्लाका हकमा डिभिजन वन कार्यालयमा माग सहितको ज्ञापन पत्र बुझाउने तयारी भई रहेको छ ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै