पुष ३। गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले योमरी पुन्य नेवार समुदायको एक सांस्कृतिक पर्व भएको बताउनु भएको छ । पोखरा महानगरपालिका वडानं ३२ स्थित समाज कल्याण नेवा मिसां पुंचाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कोइरालाले उक्त कुराबताउनु भएको हो ।
उहाँले विभिन्न समुदायले मनाउदै आएका महत्वपूणर् पर्वहरुको संरक्षण गर्ने दायित्व सरकारको हुने बताउनु भयो । सभापति कोइरालाले योमरी खाएपनि आफ्नै हातले भने योमरी बनाएको पहिलो अनुभव रहेको सुनाउदै नेपाल विभिन्न भाषा र संस्कतिले धनी रहेको पनि जनाउनु भयो । हाम्रा मौलिक पर्वहरु प्रवद्र्धन गर्न युवापुस्ताहरु अग्रसर हुनुपर्ने कोइरालाको भनाई थियो ।
समाज कल्याण नेवा मिसां पुचा पोखरा ३२का अध्यक्ष मेनुका श्रेष्ठले योमरी पुन्य नेवार समुदायको महत्वपूणर् पर्व भएको भन्दै आजको दीन योमरी खानै पर्ने र बनाउनै पर्ने परमपरा रहेको बताउनु भयो । योमरी चामलको पिठोमा चाकु,खुवा ,तील राखी बनाइने बताउनु भयो । जाडो मौसममा शरिरलाई आवश्यक पौष्टिक तत्व योमरी बाट प्राप्त हुने उहाँको भनाई थियो । कार्यक्रममा समाज कल्याण नेवा:खल पोखरा ३२का उपाध्यक्ष रामबहादु श्रेष्ठ,सचिव मान बहादुर श्रेष्ठ,प्रेस सेन्टर गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेय लगायतले शुभकामना ब्यक्त गर्नुभएको कार्यक्रममा समाज कल्याण नेवा मिसां पुंचाका मनिषा श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।



























प्रतिक्रिया लेख्नुहोस्:-