दमौली । नेकपा एकिकृत समाजबादीको भातृ संगठन नेपाल उत्पीडित दलित मुक्ति संगठन तनहुँको विस्तारित बैठक सम्पन्न भएको छ । दमौली स्थित पार्टी कार्यालयमा सम्पन्न भएको बैठकलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठले दलित समुदायको मुक्ति अभियानलाई निर्णायक बनाउनुपर्ने बताउनुभयो । उहाँले दलित समुदायको अधिकारका लागि संविधानमा पर्याप्त नियम बनाईएको बताउदै कार्यन्वयन पक्षमा जोड दिनुपर्ने बताए ।
नेपाल उत्पिडीत दलित मुक्ति संगठनका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपालीले नेकपा एमालेमा लागेर जातीय मुक्तिको आन्दोलन कमजोर बन्ने स्पष्ट रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नै जातीय न्यायको विरुद्धमा उभिने गरेको भन्दै नेपालीले एस पार्टी मार्फत आफुहरुको आन्दोलन सफल हुने देखेर विद्रोह स्वरुपमा एस पार्टीमा लागेको स्पष्ट पारे । उनले एसप्रतिको आस्था नागरिकमा बढ्न थालेको भन्दै तत्काल नआत्तिन कार्यकर्ताहरुलाई आग्रह गरे ।
बैठकमा संगठनका केन्द्रिय सचिव सुधिरमान विकले दलित उत्पिडनका मुद्धामा प्रमुख राजनितिक दलका शिर्ष नेताहरुले वेवास्ता गर्ने गरेको गुनासो गरे । उनले एमाले पार्टीमा ओलीको एकाधिकार हुदाँ दलित समुदायको अवस्था झन कमजोर बन्दै जान थालेको भन्दै सचेत हुन आग्रह गरेका थिए ।
संगठनका जिल्लाका अध्यक्ष तेजबहादुर सुनारको अध्यक्षको भएको कार्यक्रममा नेकपा एस तनहुँ कमिटी अध्यक्ष शंकर नारायण श्रेष्ठ, सचिव श्रीराम कार्की, सदस्य रेशम सेन्चुरी, मुक्ति संगठनका सचिव राजु सुर्खाली लगायतले जातीय उत्पिडनकाको समाधान गर्न सवै वर्ग समुदायको साझा पहल हुनुपर्नेमा जोड दिएका थिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-