पोखरा । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्कमा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभाशनिबार सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन गर्दै पोखरा महानगर पालिकावडा न ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्यर सिद्धान्तमा रहेर अगाडी बढ्नु पर्ने” बताएका छन । गाउँघरमा छोरा छोरी पढाउन देखी विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको बताउदै, सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागिनयाँ योजना ल्याउन पर्नेमा जोड दिए ।
पोखरा महानगर पालिका वडा न १८ का वडा अध्यक्ष रण बहादुर थापाले महानगरले सहकारीलाई ब्यवस्थित बनाउनका लागि सहकारी ऐन र नियमावली ७५ र ७६ जारी गरेको समेत जानकारी दिए । सहकारीलाई सफल र सक्षम बनाउन सम्र्पूण सदस्यहरुले आफ्नो सहकारीमाकारोबार गर्ने आग्रह गरे ।
पोखरा महानगर पालिका वडा न २ अध्यक्ष तथा सल्लाहकार रामेश्वर मल्लले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताए ।
कास्की बचत तथा ऋण सघंका नि बर्तमान अध्यक्ष सुदिप ढकालले सस्थाका शेयर सदस्यहरुले सहकारीले दिएको बोनस लाई मात्र महत्वदिन नहुने बताए । उनले सहकारीले शेयर सदस्यहरुको बचत रकम कस्तो क्षेत्रमा लगानि गरेको छ, भन्दै लगानिको बारेमा पनि शेयर सदस्यलाई बुझ्न आग्र्रह गरे ।
अध्यक्ष नारायण पहारीले सहकारीले सदस्यहरुको मनो भावना अनुरुप नै काम गरेको बताउदै, सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने बताए । सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुजिलाई लाइगाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजनागरि सदस्यको सुखी सम्वृद्दि बनाउने आफ्नो परिकल्पना रहेको बताए । उनले बर्ष २०७८/८९ लाई मौरी बर्षको रुपमालिई मौरी सम्बन्धि तालिम, वितरण, उत्पादन र बजार ब्यबस्थापन सम्मको कार्य गर्ने सुनाए ।
२०७५ सालमा स्थापना भएको सहकारीमा ३ करोड ९२ लाख ५७हजार शेयर पुजि रहेको छ । ८ करोड ९८ लाख ३२ लाखभन्दा बढी लगानि गरेको सहकारीमा हालसम्म १ हजार १ सय १५जना शेयर सदस्य रहेका छन ।
सहकारीले समाजिक उत्तरदायित्व अन्र्तरगत ठाउँ ठाउँ सरसफाइ गर्ने गरेको र कोभिड १९ बाट परिवारका सदस्यहरु गुमाउनु भएका शेयर सदस्यहरुलाई सहयोग तथा सहुलियत ऋण प्रदान गरेको छ ।
सदस्यममत पराजुलीले सात सिद्धान्त वाचनगरि सुभारभ्भ गरिएको कार्यक्रममा उपाध्य दयाल गिरिले स्वागत मनतब्य राखेकाथिए ।
अध्यक्ष नारायण पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दिवस मान प्रधानङ, ग्रिन डे बैङ बाग्लुङ बसपार्क शाखा प्रमुख पदमराज अधिकार, शिव तिमिल्सीना, सहकारी अभियानकर्ता दिपक अधिकारी, पोखरा विश्व विद्यालयका प्राध्यापक दिपेन्द्र पहारी र सचिब कृष्ण प्रसाद तिमिल्सीना लगाएतका बक्ताहरुले छोटो अवधिमा नै संस्थाले गरेको प्रगतिको प्रशंसा गरेकाथिए ।
कार्यक्रममा सहकारीलाई सहयोगर्ने, असल ऋणी, नियमित बचत कर्ता र असलकर्मचारी लाई सम्मान गरिएको अध्यक्ष पहारीले बताए ।
सचिब कृष्ण प्रसाद तिमिल्सीनाको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष राजु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभामा सर्वसम्मत पारित गरिएको थियो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-