कुनैपनि खेलमा अनुसाशन महत्वर्ण कुरा हो । खेलाडी नै अनुसाशनहिन भए भने के हुन्छ ? त्यसको उदाहरण क्रिकेट एसोसिएसन (क्यान) ले दिएको छ ।
खेलाडी अनुसाशनमा नबसेको भन्दै क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाइएको छ । उनीसंगै उप कप्तान दिपेन्द्र सिंह ऐरीलाई पदबाट हटाएको छ ।
कप्तानबाट हटाएसंगै नेपालका कप्तानका रुपमा स्पीनर सन्दिप लामिछाने उभिएका छन । क्यानले लामिछानेलाई कप्तान बनाएको हो ।
क्यानको केन्द्रिय सम्झौता ग्रेड २०२१ को अन्तिम ६ महिनाको असहमती जनाउँदै मिडियामा गएर बोलेको भन्दै दीपेन्द्र, ज्ञानेन्द्र, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को ६ महिना सम्झौतामा नराख्ने निर्णय गरेको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेतृत्व अक्षमताले ज्ञानेन्द्रलाई कप्तानबाट हटाएको बताए । २०७६ असोजमा पारस खड्काले कप्तानी छाडेपछि ज्ञानेन्द्रले क्रिकेट टोलीको नेतृत्व सम्हाल्लेका थिए ।
असोजमा आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज नै ज्ञानेन्द्रले नेतृत्व गरेको अन्तिम भ्रमण हो ।
उनको कप्तानीमा नेपालले खासै उल्लेखनिय उपलब्धि भने हात पार्न सकेन । नेपालले अब फेब्रुअरीमा ओमानमा आइसिसी ग्लोबल टि२० छनोट खेल्दैछ ।



























प्रतिक्रिया लेख्नुहोस्:-