पोखरा । पोखरामा सामान्य रुपमा जुत्ता चप्पल र अन्य कपाडाको उत्पादन गर्ने कम्पनी धेरै छन । तर छालको ज्याकेट बनाउने कम्पनी भने पाउन मुस्कील हुन्छ । कतिलाई त पोखरामा छालाको ज्याकेट नै उत्पादन हुन्छ भन्ने थापा पनि छैन ।
कोरियमा ५ वर्ष काम गरेको अनुुभवले पोखरा पहिलो पटक छालाको ज्याकेज तथा झोला सिलाउने टप लेदर लोटस एण्ड फिटिङ प्राली संचालनमा आएको छ । छ वर्ष सम्म कोरियामा काम गरेको अनुभवमा बाग्लुङका केबी पुनले पोखरामा छालको समान सिलाउने मेसिन संचालनमा ल्याएका छन । पोखरा २९ मा उद्योग राखेर पोखरा ८ न्युरोडमा पसल राखेका पुनले राखेका छन । अहिले कम्पनीबाट दिनमा ३ ज्याकेट उत्पादन हुँदै आएका छन । कम्पनीमा काम गर्ने जनसक्ति भारतबाट ल्याउनुपर्ने अभावको कारण उत्पादनमा पनि केही समस्या परेको पुन बताउछन । चिनमा उत्पादन भएको कच्चा पदार्थ भारतबाट पोखरामा ल्याउनुपर्ने हुँदा कच्चा पदार्थको मुल्य र सामानको मुल्य पनि केही बढी भएको पुन बताउछन ।
१५ लाख लगानीबाट १ वर्ष अघि संचालनमा ल्याएको कम्नीमा अहिले ४५ लाख लगानी गरेको पुन बताउछन । आफुकोमा सामान लिन आउनेलाई ग्यारेन्टी लिएर सामान बेच्ने गरेको बताउछन । पछिल्लो समयमा बजारमा माग बढेको कारण उत्पादन बढाउनुपर्ने रहेको बताए । व्यवसाय सुरु गरेको समयमा नै कोरोनाको कारण नेपालमा भएको लकडाउने समस्या पारेको पुनले सुनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-