काठमाडौं, २८ मंसिर । सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।
बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी उक्त अश्लिल फोटो सामाजिक सञ्जाल फेसबुक र वास्ट्एप मार्फत महिलाको आफन्तलाई पठाउनुको साथै पीडितको नामबाट बनाएको नक्कली फेसबुक आईडिमा अश्लिल फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-