पोखरा । पोखराको एक प्रतिष्ठित ईमेज सहकारी संस्थाले आफ्नो स्थापनाको दसौं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ ।
सभाका अध्यक्ष देवकुमार नेपालीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा पोखरा महानगरपालिका कार्यवाहक मेयर मञ्जु देवि गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीको विशेष आतिथ्यता रहेको थियो । सभामा ईमेज सहकारीका ब्यवस्थापक दिपक पौडेलले आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन प्रश्तुत गरेका थिए ।
सो सभामा उत्कृष्ट बचत सदस्य तथा उत्कृष्ट कर्मचारी सुरक्षा गार्ड नन्दराम बि.क.लाई प्रमाण–पत्र, मायाको चिनो र नगद सहित सम्मान गरिएको थियो । सभामा शुभकामना मन्तब्य राख्नुहुंदै कार्यवाहक मेयर मञ्जुदेवि गुरुङ्गले इमेज सहकारीको आर्थिक हित सहित कारोबार गर्न सफल भएको बताउनु भयो । त्यसैगरी सहकारी समिति पोखराका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीलाई दिगो बनाउन सदस्यहरु एकताबद्ध हुनुपर्ने बताउनु भयो ।
सभामा पोखरा महानगरपालिका, वडा नं.५ का अध्यक्ष धनबहादुर नेपाली, वडा नं. ७ का अध्यक्ष रामचन्द्र बराल, शिक्षासेवी रामबहादुर मोचीले शुभकामना मन्तब्य सहित आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो । ईमेज सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालन संचारकर्मी सुशिल नेपालीले गर्नुभएको थियो ।



























प्रतिक्रिया लेख्नुहोस्:-