स्याङजा । पुतलीबजार नगरपालिका १० राङखोला बस्ने रोमा गुरूङको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर थापा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ६ सय ९० रुपैयाँ र २ सय १३ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-