पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पुस २६ गतेदेखि दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।
शनिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिदैँ टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले आगामी पुस २६ गतेदेखि माघ १ गतेसम्म प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
महिला तर्फ गतवर्षको च्याम्पियन विभागिय क्लब नेपाल पुलिस क्लब सहित आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपाल आर्मी, शसस्त्र प्रहरी र न्यु डायमण्डको सहभागिता रहने छ । यस्तै पुरुषतर्फ गतवर्षको च्याम्पियन गण्डकी प्रदेश सहित विभागिय क्लब नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरी तथा हेल्प नेपाल स्पोट्र्सको सहभागिता रहने छ ।
राउन्ड रोविन लिग आधारमा खेलाइने प्रतियोगितको विजेताले महिला/पुरुष दुवै तर्फको टिमले नगद ३/३ लाख रुपैँयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछन् । तेस्रो हुनेटिमले समान ७५/७५ हजार रुपैँया तथा सान्त्वना टिमले समान ३५–३५ हजार रुपैँया प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिला/पुरुष दुवैले समान २५/२५ हजार रुपैँया प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्लकर, सेटर, सर्भर, ब्लकर र प्रशिक्षकले समान १०/१० हजार रुपैँया प्राप्त गर्नेछन्
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-