पर्सा २४ मंसिर । मानव वेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।
झापा जिल्लाबाट २ वर्ष अगाडि आ-आफ्नो एक-एक जना नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २ जना युवतीको खोजतलास गर्दै जाने क्रममा भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइ दिने भनी झुक्याई प्रलोभनमा पारी वेचविखनमा परेको भन्ने खुल्न आए बमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले माईती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उनीहरुलाई उद्दार गरेको हो ।
मानव वेचविखन कसूरमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-