पोखरा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको गण्डकी प्रदेशको प्रथम अधिवेशन मंसिर २५ र २६ गते हुने भएको छ ।
पोखरा सभागृह हुने अधिवेशनमा ६०० जना विभिन्न नगरपालिका समितिहरुबाट निर्वाचित प्रातानधिहरु, ६० जना मनोनित प्रतिनिधिहरु हुनेछ्न भने आयोजक ९६ जना, जेष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेश ४३ जना र प्रदेश सल्लाहकार ४७ गरी ८४६ जना प्रतिनिधिहरुको सहभागिता रहनेछ । अधिवेशन सम्पन्न गर्न विभिन्न २० वटा उपसमितिहरु निर्माण गरी काम अगाडी बढिरहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको गण्डकी प्रदेश प्रवक्ता देवेन्द्र पराजुलीले जानकारी दिए ।
अधिवेशनबाट कम्तीमा महिला ३५%, युवा २०%, दलित १९% र मुस्लिम तथा सिमान्तकृतहरुको सहभागितासहित गण्डकी प्रदेश समिति निर्वाचित गरिनेछ । कम्युनिष्ट आन्दोलनलाई यस स्थानसम्म ल्याई पुन्याउन र महान् जनयुद्धमा महत्वपूर्ण योगदान गर्नुहुने विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्ति व्यक्तित्व र उहाँहरुको परिवारजनलाई यस अधिवेशनमा सम्मान गरिनेछ । यस अधिवेशन विचार निर्माण र संगठनात्मक काममा मुख्य केन्द्रीत रहने छ ।
।



























प्रतिक्रिया लेख्नुहोस्:-