पोखरा २२ । प्रकाश रसाइली को लय सब्द मा रहेको ‘‘कर्मै रुनी छ’’ बोलको लोक दोहोरी गीत बजार मा आएको छ । गितमा स्वर रुपि सिन्जाली मगर र कुशल बिश्वकर्माको रहेको छ । प्रकाश रसाइलीले गीतमा सब्द संगीत भरेका छन ।
गितको एरेन्ज बिनोद बाजुरालीले गरेका छन । सरोज सुनार र जुना गुरुङको अभिनय रहेको छ । बिजय लामाले गरेको गितमा निर्देशन र सम्पादन रमेश बि क रसाइली गरेका छन । यो भन्दा अगाडि ‘आँटो ढीडो ’गीतको सफलतापछी रसाइली ‘‘कर्मै रुनी छ’’ बजारमा ल्याएका हुन ।
रसाइलीले नरोउ नरोउ हेर, हाम्रो रगत, अर्कैको नासो, मत तिम्रो फ्यान, काउछो चिलाउनेको हुँदै पछिल्लो समय म कर्मै रुनी छ बोलका गितमा शब्द कोरेका हुन। प्रकाश रसाइली बिगत ६ बर्ष यता संचार क्षेत्रमा प्रबेशिए सँगै लोकसाँगितिक यात्रामा पाईला चाल्न झनै उत्प्रेरणा जागेको बताउने रसाईलीले अरुले दिएका कथा बस्तुमा सजिलै शब्द उन्दै आएका छन ।



























प्रतिक्रिया लेख्नुहोस्:-