पोखरा । आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् । नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष खेलाडी आर्यन गिरीले सफलता हात पारेका हुन् ।
श्रभनीले भारतकी श्रीनिधी रेड्डी अमिरेड्डीलाई ३–१ को सेटमा हराइन् । पहिलो सेट ७–६ ले हराएकी श्रभनीले दोस्रो सेटमा पुनरागमन गर्दै जित निकालिन् । उनले दोस्रो सेटमा ६–२ को अन्तर निकालिन् । तेस्रो सेट ६–१ ले आफ्नो पक्षमा पारिन् ।
यस्तै अभिलाषाले भारतकी खुसी गुलाटीलाई २–० को सेटमा हराइन् । उनले ६–१ र ६–१ कै सेटमा पाखा लगाउँदै जितको सुरुवात गरिन् । उता पुरुष एकल तर्फ आर्यनले भारतका प्रनभ कोराडेलाई ७–५ र ६–४ ले हराए । उता सामुहित तर्फ भने नेपालकी इशाश्री शाह र श्रभनी श्रेष्ठको जोडीले नेपालकै रोमिका बुद्धचार्य र काशीसको जोडिलाई २–० को सोझो सेटमा हराए । पुरुष सामुहिक तर्फ नेपालका आरभ सम्राट हाडा र एकस् जुवेन रावतको जोडीले भारतका चन्दन शिवराज र क्रिलिस त्यागिको जोडिलाई हराए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-